धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन

आर्थिक लाइभ
आर्थिक लाइभ ५ माघ २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बोर्डका अनुसार अध्यक्ष रमेश हमालको कार्यकाल पुस २० गते सकिएपछि नयाँ अध्यक्ष चयन हुन लागेको हो । बुधवार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति बनाएको छ।

समितिको सदस्यमा अर्थसचिव डा. कृष्णहरि पुस्करसहित उदय निरौला छन्। विज्ञका रुपमा निरौलालाई सदस्य बनाइएको हो। समितिले बोर्डको अध्यक्ष छनोटको सम्वन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आव्हान गर्नेछ। कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

Array