लहानमा स्वस्तिक लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

आर्थिक लाइभ
आर्थिक लाइभ २२ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शुक्रबार लहानस्थित जे.एस.मुरारका बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा सोही क्याम्पसका सहायक प्रमुख सजन कुमार साह तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुखहरु भगवानी साह, सन्तोष कुमार साह र रमेश लाल कर्णकोे उपस्थिति रहेको भोटियाटोल शाखाका शाखा प्रमुख स्वतन्त्र कुमार सिंहले जानकारी दिए ।

धनिवर्गीय परिवारको जीवनशैलीसँग प्रभावित भइ मध्यमवर्गीय परिवारले पनि आफ्नो जीवनमा अनावश्यक खर्चहरु गर्न धाल्दा के कस्ता वित्तीय समस्याहरु पर्छ, साथै आफ्नो जीवनमा वित्तीय व्यवस्थापन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थाहरुसँग आर्थिक कारोबार कसरी गर्ने, कर्जाको किस्ता समयमा भुक्तानी नगर्दा परिवारमा के–कस्ता समस्याहरु पर्छ जस्ता विषयवस्तुमा आधारित भइ ७० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको जानकारी भोटीयाटोल शाखाका शाखा प्रमुख स्वतन्त्र कुमार सिंहले दिए ।

प्रतिक्रिया दिनुहोस्

Array