तीन बहुराष्ट्रिय कम्पनीसहित ८८ कम्पनीलाई धितोपत्र बोर्डको स्पष्टीकरण(सूचीसहित)

आर्थिक लाइभ
आर्थिक लाइभ १२ मंसिर २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका तीन बहुराष्ट्रिय कम्पनीसहित ८८ कम्पनीलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्पष्टीकरण सोधेको छ ।
पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डको कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ मा स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीले धितोपत्र बोर्डमा वित्तीय विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रश्न गर्दै १५ दिनभित्र जवाफ पेश गर्न भनेको छ ।

यस्तै बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ। कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array