वित्तीय विवरण पेस नगर्ने ८९ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण

आर्थिक लाइभ
आर्थिक लाइभ २२ कार्तिक २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सयममा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो ।

सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई बुझाउनुपर्ने विवरण नबुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए । वार्षिक वित्तीय विवरण त्रैमाससिक वित्तीय विवरण लगायतका विवरणहरु समयमा नबुझाउने कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको उनले बताए । ढिलो गरी वित्तीय विवरण बुझाउने ६९ कम्पनीलाई ५० हजार र वित्तीय विवरण नबुझाउने १९ कम्पनीलाई १ लाख रूपैयाँ जरिवाना गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्