काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् ।

बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले छ महिना पूरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैनन्’ बोर्डले जारी गरेको निर्देशनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्