सेयर कर्जाको १२ करोडको सीमा हटाउने तयारी

आर्थिक लाइभ
आर्थिक लाइभ ९ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सेयर कर्जाको सीमा बढाउन धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सक्रियता देखाएका छन् । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेरै उनले नीतिगत सहजताका लागि पहल गरेका हुन् ।

खासगरी सेयर धितो कर्जामा १२ करोडसम्मको सीमा खुकुलो बनाउन गभर्नरलाई सुझाव दिएको अध्यक्ष हमालले बताए ।
गभर्नर अधिकारीले यस विषयमा आफू गम्भीर रहेको र टिमसँग छलफल गरेर निर्णय लिने बताएको अध्यक्ष हमालको भनाइ छ । गभर्नर अधिकारीले पनि पुँजी बजारका समग्र अवस्थाबारे छलफल गरेको बताए ।

अर्थमन्त्री प्रकाशशरण महतले समेत सेयर धितो कर्जाको सीमा बढाउनुपर्ने विषयमा गभर्नर अधिकारीलाई भेटेर छलफल गरिरहेका छन् । उनले यस्तो सीमा बढाएर १८–२० करोड पुर्‍याउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array