हाथवे इन्भेष्टमेन्टको आइपीओ बाँडफाँड, ११ लाख ४९ हजारको हात खाली

आर्थिक लाइभ
आर्थिक लाइभ २ आश्विन २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो।
हाथवे इन्भेष्टमेन्टको आइपीओमा १३ लाख २४ हजार ४११ जनाले ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा १२.८७ गुणाले बढि हो।
जसमध्ये, ३ हजार २८२ जना लगानीकर्ताहरूकाे आवेदन रद्द भएकाे थियाे । याेग्य रहेका १२ लाख ६७ हजार ७०९ जना लगानीकर्ताहरूलाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १ लाख २१ हजार ३८७ जना लगानीकर्ताहरूले मात्रै २० कित्ता सेयर हात पारेका छन् । बाँकी लगानीकर्ताहरूको भने हात खाली भएकाे छ ।
कम्पनीकाे आईपीओकाे नतिजा केही समयपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिन्छ । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओको नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट https://iporesult.cdsc.com.np/, आईपीओ निष्कासन तथा ग्लोबल आईएमई क्यापिटलको वेवसाइट https://globalimecapital.com/ipo-fpo-share-allotment-check र मेराे सेयरबाट आईपीओकाे नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Array