सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

आर्थिक लाइभ
आर्थिक लाइभ ३१ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । ३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । गत आर्थिक वर्षको मुनाफाबाट यसअघि माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया बैंकले पनि लाभांश प्रस्ताव गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array