शेयर बजारमा हरियाली

आर्थिक लाइभ
आर्थिक लाइभ २७ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । शेयर बजार बुधबार उच्च अंकले बढेर हरियाली भएको छ । मंगलबार साढे १९ अंकले घटेको शेयर बजार परिसूचक नेप्से ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव शून्य छ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा र व्यापार समूहको शेयर उच्च अंकले बढेको छ । सबैभन्दा धेरै शुभम् पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनी र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार हरियाली भएको दिन सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावरको शेयर आठ प्रतिशतले घटेको छ ।

आज ५१ लाख ४४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको सात करोड ९३ लाख रुपैयाँको शेयर खरिद-बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array