सिटिजन लाइफ इन्स्योरेन्सः कहिले होला आइपीओ बाँडफाँड ?

आर्थिक लाइभ
आर्थिक लाइभ २३ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ आगामी साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले आईपीओ आगामी साता बाँडफाँड हुने जनाएको हो ।

१५ लाख १० हजार ६९३ जनाले आवेदन दिएको उक्त आइपीओमा ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२०० रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गरेको हो ।

कम्पनीले अंकित मूल्य दर १ सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता सेयर बिक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array