काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओ अर्का साता मात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो साताभित्र प्रिअलमेन्ट गरेर अर्का साताको पहिलो वा दोस्रो दिन नै बाँडफाँट गर्ने जनाएको हो ।

आइपिओमा साढे ८ लाख भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् । जसबाट २ अर्ब २० करोड ६५ लाख २१ हजार ६२० रुपैयाँ संकलन भएको छ ।

माग भन्दा ८.८८ गुणा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख २० हजार ५३२ जनाले १०।१० कित्ताका दरले आइपीओ पाउने भएका छन् । आइपीओमा ८ लाख ६१ हजारको हात रित्तो हुने भएको हो ।




प्रतिक्रिया दिनुहोस्