सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्‍यो आवेदन

आर्थिक लाइभ
आर्थिक लाइभ १९ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा निष्काशन गरेको आईपीओमा अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । उक्त इन्स्योरेन्सले भदौ १५ गते आइतबारदेखि निष्काशन गरेको आईपीओमा १५ लाख १० हजार ६९३ भन्दा बढीको आवेदन परेको हो । इन्स्योरेन्सको आईपीओ भर्नेमध्ये ६ लाख भन्दा धेरैको हात खाली हुने भएको छ ।

इन्स्योरेन्सले ९० लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको थियो । जसमध्ये मंगलबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा एक करोड ६७ लाख ९० हजार १८० कित्ताका लगि आवेदन परेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले जनाएको छ ।

कम्पनीको प्राथमिक शेयरमा १५ लाख १० हजार ६९३ आवेदकले शेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट ४ अर्ब ९ करोड ६८ लाख ३ हजार ९२० रुपैयाँ सङ्कलन भएको छ।

इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array