भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, ९५ प्रतिशतले पाएनन्

आर्थिक लाइभ
आर्थिक लाइभ १८ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाण्डौंमा बिहान आईपीओ बाँडफाँड भएको हो । मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो ।

क्यापिटलका अनुसार कुल ७१ हजार २२२ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । ९५ प्रतिशतको हात खाली भएको छ । कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ । योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array