माण्डु हाइड्रोपावरको आईपीओमा झण्डै ९ गुणा बढी आवेदन

आर्थिक लाइभ
आर्थिक लाइभ १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । माण्डु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ निष्काशन भएको अन्तिम दिनसम्म माग भन्दा झण्डै ९ गुणा बढी आवेदन परेको छ । कम्पनीकाे शेयरमा ८ लाख ५९ हजार भन्दा बढी आवेदककाे हात खाली हुने भएकाे छ । सेबोनको बाँडफाँट प्रकृया अनुसार माण्डु हाइड्रोपावरको शेयर एक लाख २० हजार ५३२ जनाले पाउनेछन् ।

कम्पनीको प्राथमिक शेयरमा ९ लाख ८० हजार ५३ आवेदकले एक कराेड ६ लाख ८५ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन्। उक्त आवेदनबाट २ अर्ब २० करोड ३२ लाख ३७ हजार ९८० रुपैयाँ सङ्कलन भएको छ। कम्पनीले १२ लाख पाँच हजार ३२० कित्ताको लागि आवेदन आह्वान गरेको थियो।

माण्डु हाइड्रोपावरले आइतबार (भदौ १० गते)देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको थियाे। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियाे।

प्रतिक्रिया दिनुहोस्

Array