हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

आर्थिक लाइभ
आर्थिक लाइभ १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को अध्यक्षमा विजयमान नकर्मी नियुक्त हुनुभएको छ । संस्थाको सञ्चालक समितिको २०८० भाद्र १२ गते मंगलबार बसेकोे २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्नुहुने श्री विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
हिमालयन बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा शुरु गरी करीब ३० वर्ष देखि यसै क्षेत्रमा कार्य अनुभव हुनुभएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनु भएको छ ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब बचत संकलन गरी रु. ४ अर्ब ४३ करोड लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array