माण्डु हाइड्रोपावरको आईपीओ भर्नुभयो ?, आज अन्तिम दिन

आर्थिक लाइभ
आर्थिक लाइभ १३ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । कम्पनीले पहिलो चरणमा ललितपुर र मकवानपुर जिल्लाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा सेयर बिक्री खुला गरेको थियोे ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारी भई अवितरित रहेको ७९ हजार ३० कित्ता सहित प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ अंकित दरमा कुल १३ लाख ६ हजार ३०६ कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर आम सर्वसाधारणमा जारी गरेको छ । लगानीकर्ताले सीडीएससीको मेरो सेयर वेवसाइट तथा मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरुबाट खरिद आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था भएपनि एक हजारको आवेदन मात्र दिनु उपयुत्त हुन्छ । १३ लाख हाराहारीमा आवेदन पर्ने गरेकोमा १ लाख २० हजार ५३२ जना लगानीकर्ताले मात्र सेयर पाउने हुँदा धेरै आवेदन गर्न आवश्यक देखिन्न ।
आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्