काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । नेपाल सहकारी बैंक लिमिटेडको तदर्थ सञ्चालक समितिको शुक्रबार सम्पन्न छैटाैँ बैठकले प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीले केही महिनापछि बैंक सञ्चालनमा आउने बताए ।
बैंकलाई स्वीकृति दिन सबै सरोकारवाला निकाय सकारात्मक देखिएको उनले बताए ।
साढे दुई अर्ब चुक्ता पुँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि देशव्यापी रूपमा विस्तार गरिने उनले जानकारी दिए । सहकारी ऐन, २०७४ को दफा १२ मा सहकारी बैंकले संस्था वा संघको बचत स्वीकार गर्ने, त्यस्तो संस्था वा संघलाई ऋण प्रवाह गर्ने वा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई संस्था वा संघ आपसमा मिली नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिई सहकारी बैंकहरू गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्