फरवार्ड माइक्रोफाइनान्सको वितरणयोग्य नाफा ७६ करोड ६२ लाख, हेर्नुहोस् अन्य सूचक

आर्थिक लाइभ
आर्थिक लाइभ १ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस अवधिसम्ममा संस्थाले २२ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन थियो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.८७ प्रतिशतले घटेको छ ।

समीक्षाको अवधिमा कम्पनीले ८ अर्ब ४१ करोड निक्षेप र ८ अर्ब ४७ कर्जा सापटि लिई १९ अर्ब ३१ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब ९५ करोड निक्षेप र १० अर्ब ६ करोड कर्जा सापटि लिई १९ अर्ब ८४ करोड कर्जा परिचालन गरेको थियो ।

समीक्षाको अवधिमा संस्थाले १ अर्ब १५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । संस्थाको संचालन ३७ करोड ४३ लाख रहेको छ भने अघिल्लो वर्षमा १ अर्ब १ करोड रहेको थियो ।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी घटेसँगै निष्कृय कर्जा बृद्धि भई प्रोभिजन गर्दा खुद नाफा घटेको हो । संस्थाको इम्मेरिमेन्ट र्चामा ३५ करोड ७५ लाख रहेको छ । वितरणयोग्य नाफा ७६ करोड ६२ लाख रहेको छ । लाभांश क्षमता ७२.५९ प्रतिशत रहेको छ ।

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ५ करोड रहेको छ भने जगेडा कोषमा १ अर्ब ८ करोड रुपैयाँ रहेको छ । त्यसैगरी संस्थाको संचित नाफा ७६ करोड ७६ लाख रहेको छ ।

संस्थाको निष्कृत कर्जा अनुपात ४.२६ प्रतिशत रहेकोछ भने अघिल्लो वर्ष १.८३ प्रतिशत रहेको थियो ।

यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ रहेको छ अघिल्लो आर्थिक वर्षमा ७४.६६ रुपैयाँ रहेको थियो । त्यसैगरी प्रतिसेयर नेटवर्थ २७६ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६३ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array