काठमाडौं । घोराही सिमेन्टको सेयर मूल्यमा दोस्रो दिन बढेको छ । सेयर कारोबार सुरु भएकै दिन आइतबार ९.९९ प्रतिशत अर्थात् ५६.५ रुपैयाँ घटेको कम्पनीको सेयर मूल्य सोमबार १५ रुपैयाँ बढेको हो ।
![](https://arthiklive.com/wp-content/uploads/2023/01/aa2-scaled.jpeg)
कम्पीको ओपनिङ रेन्ज प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ रुपैयाँसम्म रहेकोमा सोमबार प्रतिकित्ता ५६५ रुपैयाँ ५० पैसामा खुलेको थियो । सुरुमा बढेर सेयर मूल्य ५८१ रुपैयाँ ४० पैसा सम्म पुगेको सेयर कारोबार बन्द हुँदा ५०९ रुपैयाँ प्रतिकित्तामा झरेको थियो । सोमबार बढेर ५२४ रुपैयाँ प्रतिकित्ता पुगेको छ ।
कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्