रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने अन्तिम दिन

आर्थिक लाइभ
आर्थिक लाइभ २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले साउन २३ गतेदेखि अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको छ ।

कम्पनीले १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

यस्तै सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ ।

आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array