५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार

आर्थिक लाइभ
आर्थिक लाइभ १२ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गरेको छ । राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १००% जोखिम भार कायम गर्नुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्र १००% जोखिम भार कायम गर्नुपर्ने व्यवस्था रहेकामा कर्जाको सीमा बढाएर ५० लाख रुपैयाँ बनाएको हो ।यस्तै, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने १५०% जोखिम भारको व्यवस्थाले निरन्तरता पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array