शेयर तथा घरजग्गा कर्जाको जेखिमभार पुनरावलोकन गरिने

आर्थिक लाइभ
आर्थिक लाइभ ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर तथा जग्गा धिताे कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भएको छ। केन्द्रिय बैंकले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ,” राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ।

राष्ट्र बैंकले यसअघि शेयर कर्जा, रियलस्टेट कर्जा तथा हायर पर्चेज कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत पुर्याएको थियो। यसले गर्दा बैंकहरुको पूँजीकोषमा समेत दबाव परेको थियो। यसले गर्दा यी क्षेत्रहरुमा बढाइएको जोखिमभारमा पुनरावलोकन गर्दै केहि घटाउने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array