घोराही सिमेन्टको आईपीओ पुनः निष्कासन

आर्थिक लाइभ
आर्थिक लाइभ २२ असार २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । घोराही सिमेन्टको आईपीओ पुनः निष्कासन भएको छ । यसअघि आवेदन दिइसकेका सर्वसाधारणले आज शुक्रबारदेखि कित्ता संख्या थपघट गर्न वा आवेदन रद्द गर्न सक्नेछन् ।
बिक्री प्रवन्धक हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङले संयूक्त सूचना जारी गर्दै आजदेखि आईपीओ प्रक्रिया पुनः सुरु भएको जनाएका हुन् । अब सर्वसाधारणले कित्ता संख्या थपघट वा आवेदन रद्द गर्नुपरेमा आफ्नो खाता भएको बैंकमा गई असार २४ गतेभित्र लिखित अनुरोध गर्न सक्ने छन् ।
यसअघि आवेदन नदिएकाहरुले पनि बैंकमार्फत वा अनलाइन प्रणाली मेरो सेयरमार्फत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि नै आवेदन दिइसकेकाले कित्ता संख्यामा परिवर्तन गर्नु नपरेको अवस्थामा सोही आवेदन स्वीकृत हुनेछ । २४ गतेसम्म सम्पूर्ण रुपमा आवेदन नपरेमा असार मसान्तसम्म खुला रहने सूचनामा उल्लेख छ ।
यसअघि जेठ ३२ गते यस कम्पनीको आईपीओ निस्कासन खुला भएकोमा असार ४ गते धितोपत्र बोर्डले प्रक्रिया नै स्थगित गरेको थियो । आईपीओमा केही व्यक्तिले बैंक खातामा पैसा नभई ठूलो संख्यामा सेयर आवेदन दिएको, क्रेडिट रेटिङ कम्पनीसँग घोराही सिमेन्टको स्वार्थ बाझिएको हुन सक्ने, सम्पूर्ण कित्ताका लागि आवेदन पर्दा पनि बिक्री प्रबन्धकले आवेदन समय लम्ब्याउन खोजेको जस्ता विषयमा छानबिन गर्न भन्दै बोर्डले आईपीओ प्रक्रिया स्थगित गरेको थियो । ती विषयको छानबिन कार्यलाई निरन्तरता दिँदै बोर्डले आईपीओ निस्कासन प्रक्रिया निरन्तरता दिन बाटो खोलेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array