घोराही सिमेन्टको आइपीओ निष्कासन स्थगन

आर्थिक लाइभ
आर्थिक लाइभ ४ असार २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्ट इण्डष्ट्रिजको सार्वजनिक निष्कासन सम्बन्धी सम्पूर्ण प्रकृया स्थगन गरेको छ।
बोर्डले सोमबार सूचना जारी गर्दै सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै हाललाई उक्त कम्पनीको सेयर निष्कासन सम्बन्धी सम्पूर्ण काम रोक्ने निर्णय गरेको जनाएको छ।
बोर्डले कम्पनीको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३८ को उपनियम (२) विपरित भए नभएको भन्ने विषयमा केयर रेटिङ नेपाललाई तीन दिनको समय दिएर स्पष्टिकरण पेश गर्न जेठ ३० गते पत्राचार गरेको थियो।

तर केयर रेटिङ नेपालले हालसम्म बोर्डको पत्रचारलाई नै मतलब नगरी आइपीओ निष्कासनको समय थप गरेको बोर्डले दावी गरेको छ। साथै मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा पनि आइपीओ निष्कासनको अवधि थप गरेपछि बोर्डले उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासन सम्बन्धी कैफीयत जाँचबुझका लागि सेयर निष्कासनको प्रक्रिया रोकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्