शेयरबजारमा उछाल, दोहोरो अंकले बढ्यो नेप्से

आर्थिक लाइभ
आर्थिक लाइभ १० जेष्ठ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं ।  शेयरबजार उकालो लागेको छ । शेयरबजार मापक परिसूचक नेप्से बुधबार १६.४९ अंकले वृद्धि भएको छ । पछिल्लो एक सातादेखि लगातार रुपमा उकालो लागेको नेप्से बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक १६.४९ अंक बढेर १९५९.१२ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.५८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंकले बढेको छ ।

बु्धबार कारोबारमा आएका २७० कम्पनीको ४८ लाख ६५ हजार कित्ता शेयर १ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढे पनि बुधबार कारोबार रकम भने सामान्य घटेको छ । मंगलबारको कारोबारमा  २ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमू्ह उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.६९ प्रतिशत, होटल तथा प्रशोधन उपसमूहको परिसूचक करिव साढे ४ प्रतिशत र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । तर फाइनान्स, जलविद्युत र म्य्ुचुअल फन्ड उपसूचको भने घटेको छ ।

प्रतिक्रिया दिनुहोस्