१६ नयाँ ब्रोकरले पाए आशय पत्र

आर्थिक लाइभ
आर्थिक लाइभ १९ बैशाख २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं। धितोपत्र बोर्डले १६ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले १६ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।
नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका छन् । बाँकी कम्पनीको चरणबद्ध रुपमा आयश पत्र दिँदै जाने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

१. नबिल सेक्युरिटिज – धितोपत्र व्यापारी

२. मेगा स्टक मार्केट – पूर्ण कार्य गर्ने धितोपत्र दलाल

३. हिमालयन ब्रोकेज कम्पनी – सीमित कार्य गर्ने धितोपत्र दलाल

४. सीबीआईएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

५. केबीएल सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

६. एनएमबि सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

७. आरबीबी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

८. सानिमा सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

९. इन्डेक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१०. सन् सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

११. क्यापिटल म्याक्स सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१२. भोले गणेश सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१३. इन्फिनिटी सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१४. आकाश भैरव सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

१५. एलिट स्टक हाउस – सीमित कार्य गर्ने धितोपत्र दलाल

१६. एसपीएसएस सेक्युरिटिज – सीमित कार्य गर्ने धितोपत्र दलाल

प्रतिक्रिया दिनुहोस्

Array