सीआईटी र नबिललाई धितोपत्र बोर्डको कारबाही

आर्थिक लाइभ
आर्थिक लाइभ २२ चैत्र २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ। बोर्डले धितोपत्र व्यवसाय गरिरहेका नागरिक लगानी कोष (सीआईटी) र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारबाही गर्दै जरिवाना तिराएको हो।
सेबोनका अनुसार यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेकाले कारबाही गरिएको हो।
साथै, प्रतिवेदन बुझाउनका लागि समय पनि माग नगरेको भन्दै कारबाही गरेको सेबोनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

Array