काठमाडौं । नेपाल धितोपत्र बोर्डले २५ करोड रुपैयाँसम्म चुक्ता पुँजी भएका कम्पनीको छुट्टै इन्डेक्स बनाउने गरी मस्यौदा तयार पारेको छ। बोर्डले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार सम्बन्धी नियमावली, २०७९’ अनुसार नियमावली संशोधनको लागि मस्यौदा तयार पारेको हो। मस्यौदामा २५ करोडसम्म चुक्ता पुँजी भएका कम्पनी एसएमई इन्डेक्समार्फत कारोबार हुने उल्लेख छ। तर, नियमावली पारित भने भइसकेको छैन। यस इन्डेक्समा रहने संस्थाले जारी पुँजीको कम्तीमा ३० प्रतिशत र बढीमा ४९ प्रतिशत सेयर जारी गर्नुपर्ने भएको छ। एसएमई इन्डेक्समा आवद्ध संस्थाले प्रिमियममा आईपीओ निष्काशन गर्न पाउनेछन्। साथै बोर्डले यस्ता कम्पनीलाई हकप्रद समेत निष्काशन गर्न पाउने व्यवस्था रहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्