कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत

आर्थिक लाइभ
आर्थिक लाइभ १९ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर मिश्रले पछिल्लो समय बैंकको ब्याजदर,लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताए ।
यस्तै, उनले कर्जा ढिला हुनसक्ने र ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरिरहेको बताए । ‘कर्जा दिन ढिला हुनसक्छ, त्यसको लागि राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी लिलामी नीतिगत परिवर्तन गरी रोक्न सक्छ, यो विषयमा ऋणीहरुलाई बुझाउँदै छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array