एशियन हाईड्रोपावारको आईपीओ बाँडफाँट हुने मिति तय

आर्थिक लाइभ
आर्थिक लाइभ १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । एशियन हाईड्रोपावार लिमिटेडको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले फागुन १४ गते बिहान ९ बजे क्यापिटल कै कार्यालयमा बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले माघ २७ गतेदेखि फागुन ३ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीको आईपीओमा सर्वसाधारणका लागि ६ लाख ९७ हजार २०० कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आईपीओ निष्कासन गरिसकेको छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता सेयर छुट्याएर बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array