काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने प्रावधान ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले यस्तो जानकारी गराएका हुन् । आर्थिक पत्रकार समाज सेजनले सोमबार राजधानीमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक कार्यक्रममा उनले यस्तो जानकारी गराए ।

एउटै व्यक्तिले धेरै लघुबित्तबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिका मार्फत कडाइ गर्ने तयारी भइरहेको उनले बताए । लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गर्ने हो भने धेरै समस्या समाधान हुने उनको भनाइ थियो । उनले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको भन्दै यसको समाधान गर्नु पर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्