मौद्रिक नीति र बजेटको अर्धवार्षिक समीक्षा : छायामा पुँजी बजार ११२ अंकले घटेर २ हजारको विन्दुमा

आर्थिक लाइभ
आर्थिक लाइभ ५ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

काठमाडौँ । यो साता सेयर बजार परिसूचक नेप्से ११२ अंकमाथिले घटेर २ हजार ७० अंकको विन्दुमा ओर्लिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् माघ २९ गते१२.४५ अंकले बढ्दै २१ सय ८२.६४ अंकमा उक्लिएको नेप्से सूचक यस साताको अन्तिम कारोबार दिन माघ ४ गते, बिहीबारसम्ममा ११२.२३ अंकले घट्दै २ हजार ७०.४१ अंकको विन्दुमा रोकिन पुगेको हो ।

अघिल्लो साता आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, त्यस लगत्तै भएको बजेटको अर्धवार्षिक समीक्षाले समेत बजारलाई उत्साह भर्न नसकेपछि सेयर बजार डाउन हुन पुगेको हो ।
खासगरी मौद्रिक नीति र बजेटको अर्धवार्षिक समीक्षाले बैंक ब्याजदर, सेयर धितोकर्जाको सीमा खारेजीलगाएको माग सम्बोधन गर्नेमा धितोपत्र लगानीकर्ताहरुको अपेक्षा थियो । तर, राष्ट्र बैंकको मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको सेयर बजारलाई सरकारको बजेटको अर्धवार्षिक समीक्षाले समेत सकारात्मक आसा दिन नसकेपछि सेयर बजार डाउन हुन पुगेको हो ।

थप मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको राष्ट्र बैंकले सेयर धितो ९मार्जिन लेनिडङ० सम्बन्धी कर्जालाई पुनरतालिकीकरण र पुनरसंरचना समेत गर्न रोकिदिएपछि लगानीकर्ताहरु थप सशंकित हुन पुगेका छन् ।

कारोबार पनि घट्यो

उसो त यस साता नेप्से सूचक ११२ अंकले घट्दै गर्दा यता कारोबार रकम समेत ८ अर्बमा खुम्चिन पुगेको छ । अघिल्लो साता १२ अर्ब माथिको कारोबार हुँदा यस साता मुस्किलले ८ अर्ब १४ करोड १९ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । यद्यपि, यस साता ४ दिन मात्र बजार खुलेको थियो । फागुन १ गते सोमबार जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै पहिलो कारोबार दिन, आइतबार सेयर बजार बन्द हुन पुगेको थियो ।

अन्य चार दिन खुलेको बजारमा सोमबार ६०.७७ अंकले नेप्से सूचक घट्दा ३ अर्ब ३ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यस्तै, दोस्रो दिन मंगलबार १६ अंकले नेप्से घट्दा १ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो भने तेस्रो र चौथो दिन क्रमशः १३.९० अंक र २१.१५ अंकले नेप्से घट्दा १ अर्ब ६९ करोड ११ लाख रुपैयाँ र १ अर्ब ६५ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । यस साता चार दिन खुलेको बजारमा चारै दिन नेप्से नेगेटिभ भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array