माया खोलाको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

आर्थिक लाइभ
आर्थिक लाइभ २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडकोे सर्वसाधारणमा निष्काशीत प्राथमिक शेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त शेयर बाँडफाँट भएको हो । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदनहरुको विवरण निम्न अनुसार प्राप्त भएको छ ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक भई २०७९ माघ १३ देखि माघ १७ गते सम्म सार्वजनिक रुपमा निष्काशन खुला गरिएको माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणको लागि निष्काशीत १९,९२,००० कित्ता शेयरको लागि माग भन्दा अधिक शेयरको लागि आवेदन प्राप्त भएकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

उक्त बाँडफाँडमा रितपुर्वक प्राप्त भएका आवेदकहरु मध्ये जम्मा १,९९,२०० जना आवेदकहरुलाई १० कित्ताको दरले १९,९२,००० कित्ता शेयर बाँडफाँड गरिएको हो ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

हाल माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले प्रबद्र्धन गरेको मायाखोला जलविद्युत आयोजनाको १४.९ मे.गा. क्षमताको विद्युत उत्पादनको आन्तरिक परीक्षण सम्पन्न भैसकेको र नेपाल विद्युत प्राधिकरणबाट परीक्षण भैरहेको र आगामी १५ दिन पश्चात व्यापारिक उत्पादन कार्य शुरु गरिने कम्पनीका प्रबन्ध संचालकी दिनेश प्रसाद श्रेष्ठले जानकारी प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्