सेयर बजारमा हरियाली

आर्थिक लाइभ
आर्थिक लाइभ २४ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको छ । आज सेयर बजार ३.६५ प्रतिशतले बढेको छ ।

यस दिन सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा उक्लिएको छ ।

आज ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.८५ अंकले बढेर ४१५.०१ बिन्दुमा पुगेको छ ।

आज २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर किनबेच भयो । आज ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कुल १३ उपसमूहमा १३ वटै हरियाली छाएको छ । यस दिन इन्भेष्टमेन्ट समूहमा उछाल आएको छ । सो समूहको सेयर मूल्य ६.२५ प्रतिशतले बढेको छ । त्यसैगरी, विकास बैंक, हाइड्रोपावर र फाइनान्स सेक्टरको सेयर मूल्य पनि ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१५ कम्पनीको सेयर १७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज एनआईसी एसिया बैंकको सर्वाधिक १२ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा हरियाली छाँउदा आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। बरुण हाइड्रोपावर, खानी खोला हाइड्रोपावर, राद्यी जलविधुत्, आदर्श लघुवित्त र रिडी पावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनुहोस्