मेन्छियाम हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति

आर्थिक लाइभ
आर्थिक लाइभ २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बिहीबार (माघ १९ गते) मेन्छियाम हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गर्नेछ।
कम्पनीले १०० अंकित दरका कुल १६ लाख २७ हजार ७५० कित्ता आईपीओ स्थानीय र सर्वसाधारणलाई बिक्री गर्नेछ। यो कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुन आउँछ। मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array