ऋणीहरुलाई तिर्नुपर्ने रकमको लिस्ट राखेर सहकारी सञ्चालकले गरे आत्महत्या

आर्थिक लाइभ
आर्थिक लाइभ १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं । पोखरा महनगरपालिका ९ शिवटोलस्थित डल्फिन बचत तथा ऋण सहकारीका एक संचालकले खल्तीमा ऋणीहरुलाई तिर्नुपर्ने रकमको लिस्ट राखेर घरमै झुण्डिएर आत्महत्या गरेका छन ।

भारी ऋणको बोझ थाम्न नसकेपछि डल्फिन बचत तथा ऋण सहकारी संस्थाका ३८ वर्षीय व्यवस्थापक लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

ह्याप्पी पानी उद्योग संचालक समेत रहेका खातीले आफुले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा संचालक समिति र शेयर सदस्यले दवाव दिदै आएको र त्यहि बोझ खेप्न नसकेपछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बताएको छ । हिजै मात्र पोखरा १३ काहुखोलामा आत्मदाहको प्रयास गर्दा दुई जान घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array