सेयर बजारमा सामान्य कनेक्सन

आर्थिक लाइभ
आर्थिक लाइभ १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं । नेप्सेमा सामान्य करेक्सन आएको छ । नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ। आज २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ करोड ८३९ रूपैयाँमा कारोबार भयो।

अघिल्लो कारोबार दिन बुधबार ३अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको सेयर कारोबार भएको थियो। यसदिन ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। लुम्बिनी जनरल इन्स्योरेन्स,आदर्श लघुवित्त वित्तीय,बराही हाइड्रोपावर पब्लिक र ज्योति लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा ९ करोड ७० लाख बढिको सेयर कारोबार भयो। रिडी पावर कम्पनीको ८ करोड र आँखु खोला जलविद्युतको ७ करोड बढिको सेयर किनबेच भयो।

प्रतिक्रिया दिनुहोस्

Array