फर्स्ट माइक्रोफाइनान्सको ईपीएस बढ्यो

आर्थिक लाइभ
आर्थिक लाइभ ४ माघ २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले १४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २१.६३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३८.६८ प्रतिशत बढेको छ। लघुवित्तको इम्पेरमेन्ट चार्ज घटेसँगै कुल सञ्चालन आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न पुगेको हो। नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३ रुपैयाँ ५२ पैसा बढेर २५ रुपैयाँ १८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ २७ पैसा रहेको छ। पछिल्लो ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेको छ भने जगेडा कोष ११.५८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको सापटी ७.६७ प्रतिशत घटेको छ भने कर्जा २.८९ प्रतिशत घटेको छ।

प्रतिक्रिया दिनुहोस्

Array