नियम नमान्ने तीन ब्रोकर कारबाहीमा

आर्थिक लाइभ
आर्थिक लाइभ २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तीनवटा ब्रोकर कम्पनीमाथि कारबाही गरेको छ । सेबोनको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२), इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. २९) पनि कारबाही गर्ने निर्णय गरेको हो। सेबोनले नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेस नगरेको भन्दै ती ब्रोकर कम्पनी कारबाहीमा गरेको हो।
सेबोनले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८२ (२) अनुसार सनी सेक्युरिटिजलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। त्यस्तै त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेकोमा इम्पेरियल र त्रिशूल सेक्युरिटिज कम्पनीलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ (४) अनुसार ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array