सगरमाथा जलविद्युत कम्पनीको आईपीओ खुल्दैं

आर्थिक लाइभ
आर्थिक लाइभ २६ पुष २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आउँदो माघ ५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ११ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित इलाम जिल्लावासीलाई बिक्री खुला गर्नेछ। यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको१० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता बिक्री खुला गर्नेछ।

स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म र वैदेशिक रोजगारीमा रहेका न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमिा रहेका नेपालीले माघ १९ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्।

स्थानीयले भने छिटोमा माघ १९ गते गतेसम्म आवेदन दिन पाउनेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने फागुन ५ गतेसम्म बिक्री खुला गरिनेछ। स्थानीयले इलामस्थित प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम बैंकमा खरिद आवेदन पेस गर्न सक्नेछन्। प्रभु क्यापिटलले तयार पारेको अनलाइनबाट आवेदन दिन सकिनेछ।

यो हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array