विदेशमा रहेका श्रमिकले माया खोला हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

आर्थिक लाइभ
आर्थिक लाइभ ८ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन रहेको छ।
कम्पनीले गत मंसिर २३ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। यो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ।
स्थानीयका लागि जारी आईपीओमा आवेदन दिने म्याद भने पुस १७ गतेसम्म लम्ब्याइएको क्यापिटलले जनाएको छ। यसअघि छिटोमा पुस ८ गते बैंकिङ समयपछि आवेदन बन्द गरिने भनिएको थियो।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुने ३४ लाख कित्ता साधारण सेयरमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता स्थानीय र सर्वसाधारणका लागि जारी हुने बाँकी २४ लाख कित्तामध्ये १० प्रतिशत अर्थात २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुलाएको छ।
यो आईपीओमा आयोजनाबाट अतिप्रभावित संखुवासभा जिल्लाको चैनपुर–८ र ९, धर्मादेवी ३, ४ र ५, मादी–४ र ६ का लागि बासिन्दाका लागि ६ लाख कित्ता तथा प्रभावित क्षेत्र संखुवासभा जिल्लाको चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका अन्य क्षेत्रका स्थानीयका लागि ४ लाख कित्ता छुट्याएको छ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट सी–आस्बा प्रणालीमा आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Array