कोरोना बीमाको दाबी भुक्तानीः एक अर्ब निकासा

आर्थिक लाइभ
आर्थिक लाइभ २८ भाद्र २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि एक अर्ब रूपैयाँ निकासा गर्ने भएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको जानकारी दिए । गत साता बसेको मन्त्रिपरिषदले एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको उनको भनाइ छ । कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ ।
कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array