प्रभु महालक्ष्मी इन्स्योरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने

आर्थिक लाइभ
आर्थिक लाइभ २ पुष २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्सले चुक्ता पुँजीको १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल बीमा प्राधिकरणले तोकेको पाँच अर्ब चुक्ता पुँजी पुर्याउन ७० करोड ४० लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बैठकले हकप्रद निष्कासनको लागि प्राधिकरणसँग स्वीकृति लिने र स्वीकृति प्राप्त भएपछि साधारणसभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुग्नेछ । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी साढे दुई अर्ब तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array