बिमा क्षेत्रमा देखिएका समस्या समाधान हुनुपर्छः अर्थमन्त्री

आर्थिक लाइभ
आर्थिक लाइभ २९ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। बिमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बिमा गरिसकेपछि भुक्तानी लगायतमा नागरिकले समस्या भोगेको गुनोसो गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्।

जोखिम न्यूनिकरण गर्नका लागि बिमाको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइनसकेको भन्दै उनले बिमा सचेतनाको आवश्यकता रहेको बताए । बिमा गरिसकेकाहरुलाई आपत पर्दा विमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बिमा विस्तारमा अवरोध पुराउने उनको भनाइ छ ।

मन्त्री महतले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि  बिमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

Array