असोजमा एक अर्ब १८ करोड मूल्यको जीवन बीमालेख सरेण्डर

आर्थिक लाइभ
आर्थिक लाइभ ८ मंसिर २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । असोज महीनामा १ अर्ब १८ करोड २९ लाख ९ हजार रुपैयाँ बराबरका बीमालेख सर्मपण भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार असोजमा चौध कम्पनीमा ९ हजार ९३६ वटा बीमालेख सरेण्डर भएका हुन् ।

भदौमा ९ हजार ३८६ वटा बीमालेख सरेण्डरबाट १ अर्ब १८ करोड २० लाख ७ हजार रुपैयाँ मूल्यको बीमालेख सर्मपण भएको थियो । भदौको तुलनामा असोज महीनामा बीमालेख सङ्ख्या र रकम दुबै बढेको हो । साउनमा १ अर्ब २८ करोड ३३ लाख बराबरका ९ हजार ७९८ वटा बीमालेख त्याग भएको थियो ।
चालु आर्थिक वर्षको तेस्रो महीना अर्थात असोजमा बीमालेख सरेण्डर हुने कम्पनीको सूचीहरुमा ठूला तथा शीर्ष कम्पनीहरुमा नै धेरै रहेका छन् । ठूला चार कम्पनीहरुमा मात्रै कुल सरेन्डर संख्याको ६४.१९ प्रतिशत तथा कुल मूल्यको ७१.१६ प्रतिशत बराबरको बीमालेख समर्पण भएका हुन् । ठूला चार कम्पनीमा ८४ करोड १८ लाख १५ हजार मूल्यका ६ हजार ३७८ वटा बीमालेख त्याग भएका हुन् ।

प्रिमियम संकलनमा जीवन बीमा क्षेत्रमा कुल एक चौथाई बढी प्रतिशत हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्समा बीमा सरेण्डर गर्ने बीमितहरुको सङ्ख्या उत्तिकै धेरै देखिएको छ । असोजमा मात्रै नेपाल लाइफका २ हजार ६४९ बीमितहरुले कुल ३८ करोड ९३ लाख ९९ हजार रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array