कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

आर्थिक लाइभ
आर्थिक लाइभ ११ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । कुमारी बैंक र बुद्ध एयरबीच टिकटमा छुट सम्झौता भएको छ। सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र परिवारका सदस्य (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

छुट लिन ग्राहकले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ। सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा लिन सकुन भन्ने बैंकले विश्वास लिएको छ।

कुमारीले ३०२ शाखा, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्