बीमा प्राधिकरणको कारबाहीमा ३ निर्जीवन बीमा कम्पनी

आर्थिक लाइभ
आर्थिक लाइभ १७ पुष २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन अलग अलग निर्जीवन बीमा कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले युनाइटेड अजोड, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सलाई नगद जरिवानासहित कारबाही गरेको हो ।

प्राधिकरणको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ती निर्जीवन बीमा कम्पनीहरुलाई २ लाख रुपैयाँका दरले आर्थिक कारबाही गरेको हो ।

प्राधिकरणले स्थलगत निरिक्षणका क्रममा उक्त कम्पनीहरुले उधारो बीमा, रेट कटिङ गरेको, सम्पत्ति शुद्धीकरणमा ध्यान नदिएको र दाबी भुक्तानीमा बीमितलाई दुःख दिएको भन्दै २ लाख रुपैयाँका दरले जरिवाना भराएको प्राधिकरणका उप–निर्देशक शाम्भाराज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array