बीमा कम्पनीपछि अब रि-इन्स्योरेन्स कम्पनीको पुँजी बढाइने

आर्थिक लाइभ
आर्थिक लाइभ १७ माघ २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं । पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीले पनि चुक्ता पुँजी बढाउनु पर्ने निर्णय गरेको हो। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी बढाउनुपर्ने निर्णय गरेको हो। यसअघि प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी बढाउन लागाएको थियो।

बीमा कम्पनीको जोखिम बहन गर्ने क्षमता बढाएपछि अब पुनर्बीमाको पनि बढाउनुपर्ने भएको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले बताए। उनका अनुसार अब रि-इन्स्योरेन्सको चुक्ता पुँजी २० अर्बको पुर्याउन लागाइने छ।

नेपालमा अहिले पुनर्बीमा कम्पनी २ वटा मात्रै छन्। सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि-इन्स्योरेन्स छन्। अब यी दुवै कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्‍याउनु पर्नेछ।

असार मसान्तसम्मको वित्तीय विवरणअनुसार नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ भने हिमालयन रि-इन्स्योरेन्ससँग १० अर्ब रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्

Array