काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको भन्दै मलेसियाका लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छन्।

नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा उनले निजी क्षेत्रका लागि नेपालमा अनुकूल वातावरण र लगानीमैत्री नीति रहेको बताए।

प्रतिनिधिमण्डलमा परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायत सहभागी थिए। उनीहरूले सूचना प्रविधि, हाइड्रो, व्यापार, पर्यटनलगायत क्षेत्रमा लगानीप्रति चासो देखाएका थिए।




प्रतिक्रिया दिनुहोस्