काठमाडौं । सिभान्स फुड प्रडक्ट प्रालिले राष्ट्रिय आइसक्रिम दिवसको अवसरमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । कम्पनीले ‘पार्की’ र ‘जाम्ज’ नामका आफ्ना दुई ब्राण्डका आइसक्रिम निःशुल्क वितरण गरेको हो । कम्पनीले काठमाडौंको नयाँ बानेश्वर, कालिमाटी, कोटेश्वर, डल्लु, भक्तपुरको लोकन्थली, बालकोट, ठिमी, सुर्यविनायक र काभ्रेको बनेपा लगायतका स्थानबाट आज निःशुल्क आइसक्रिम वितरण गरेको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक मुरारीलाल कुमावतले करिब पाँच सय जनालाई डेढ लाख बढी मूल्य पर्ने आइसक्रिम निःशुल्क वितरण जानकारी दिए ।

फागुन २० गतेलाई नेपालका आइसक्रिम कम्पनीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी आइसक्रिम दिवस मनाउँदै आएका छन् । नेपाल आइसक्रिम उद्योग व्यवसाय संघ (निबा) ले यो दिवसलाई औपचारिक रुपमा मनाउन ‘आइसक्रिम फर एभ्री सिजन’नारा तय गरेको छ । यही नारालाई आत्मसात गर्दै देशभरका आइसक्रिम उद्योगी व्यवसायीले विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय आइसक्रिम दिवस मनाउन गइरहेका छन् ।

यसैक्रममा सिभान्स फूडले आइसक्रिम पारखीका खुशीका लागि आफ्ना उत्पादन निःशुल्क वितरण गरेर खुशी बाँडेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए । ‘आज हामी आइसक्रिम व्यवसायीहरुको महत्वपूर्ण पर्व हो ।’ प्रबन्धक निर्देशक कुमावतले भने ‘यो पर्व र खुशीयालीको दिनमा हामी पनि स्वदेशी आइसक्रिम पारखीसँग रमाउन हामीले निःशुल्क आइसक्रिम वितरण गरेका हौं ।’
यसलाई आइसक्रिमका उपभोक्ता बढाउने सानो अभियान र प्रयास भएको पनि उनले बताए ।
सिभान्स फूडले विभिन्न अवसरहरुमा आइसक्रिमलगायतका प्रचारमुलक सामाग्री समेत वितरण गर्दै आएको छ । आइसक्रिमको क्षेत्रमा २५ बर्षको अनुभव पछि उत्पादन सुरु गरिएको सिभान्स फूडले ‘पार्की’ र जाम्ज ब्राण्डको उत्पादन गर्दै आएको छ । जाम्ज पछिल्लो समय उत्पादन गरिएको प्रिमियम आइसक्रिम हो । कम्पनीले यी दुबै ब्राण्डलाई ग्राहकको स्वाद, सन्तुष्टि र स्वास्थ्यलाई विशेष ध्यान दिएर उत्पादन गर्दै आएको छ । ती आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरुमा उपलब्ध छन् । काठमाडौं उपत्यकामा लगायत आसपासका प्रमुख शहरहरु गरी पार्की आइसक्रिमलाई १२०० बढी स्थानबाट विक्री वितरण गर्दै आएको छ । पार्की आइसक्रिममा सबैभन्दा बढी रुचाइएको ब्राण्डमा पर्दछ ।
ग्राहकले अत्याधिक रुचाएर लाखौं आइसक्रिम पारखीको मन जित्न सफल भएकोमा प्रबन्ध निर्देशक कुमावतले खुशी व्यक्त गरे । अत्याधुनिक प्रविधियुक्त मेशिनद्वारा उत्पादन हुने पार्की आइसक्रिम अन्तराष्ट्रिय गुणस्तरको भएकै कारण लाखौं उपभोक्ताको मन जित्न सफल भएको उनले यस अवसरमा दाबी गरे ।
‘आइसक्रिम खाद्यसँग सम्बन्धित उद्योग भएकाले उपभोक्ताको स्वास्थ्यलाई विशेष ध्यान दिंदै पार्की आइसक्रिम उत्पादन र भण्डारण गरिदै आएको छ ।’ उनले भने ‘पार्कीले स्वाद र सन्तुष्टिसँगै स्वास्थ्यलाई विशेष ध्यान दिएको छ । त्यही भएर पनि उत्पादनको छोटो अवधिमै धेरै पुराना उद्योगहरुद्वारा उत्पादित आइसक्रिम भन्दा पार्की आइसक्रिमले राम्रो बजार लिन पनि सफल भएको हो ।’ सिभान्स फूडले अहिले २२ भन्दा बढीलाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।




प्रतिक्रिया दिनुहोस्